• Saturday 17th of October 2026

एमालेमा भएकाहरूलाई उकुसमुकुस भएको देखेका छौं, उहाँहरुसँग छलफलमै छौं:प्रचण्ड


  • धनकुटा खबर
  • .

काठमाडौं, ११ मंसिर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरुको एकता केवल चुनावी प्रयोजनको लागि नभएको भन्दै राष्ट्रलाई संकटबाट जोगाउनको लागि भएको स्पष्ट पारेका छन् । उनले यो एकता अभियान अझै बृहत्तर हुँदै जाने पनि दाबी गरे । आज (बिहीबार) राष्ट्रियसभा गृहमा आयोजित विभिन्न चार घटकसँगको एकता सभालाई सम्बोधन गर्दै प्रचण्डले एमालेभित्र पनि उकुसमुकुस भइरहेको खुलाए ।

उनले भने,‘अहिले एमालेभित्र पनि उकुसमुकुस भइरहेको छ, त्यहाँ भएकाहरूलाई उकुसमुकुस भएको देखेका छौँ हामीले। हामी छलफलमा छौँ। हामीले तपाईंहरुसँग हातेमालो गर्न चाहेका छौँ। गलत प्रवृत्ति र नेतृत्व हुँदा कति ठुलो क्षति हुँदो रहेछ भन्ने कुरा हामीले देखिसक्यौँ, तपाईँहरूले फेरि समीक्षा गर्नुस् इतिहासको, हामीले एकता त गरेकै थियौँ। तर नेतृत्व गलत मान्छेको हातमा पुग्दा केके भोग्नप¥यो ? समय आएको छ, त्यहाँभित्रका साथीहरूले सत्यको पक्षमा आवाज उठाउन थालिसक्नुभएको छ, त्यो दब्नेवाला छैन। दिनप्रतिदिन अगाडि बढ्नेछ। बृहत् वामपन्थी एकतामा पुगेर मात्रै विश्राम लिनेछ।’

सो अवसरमा दाहालले राष्ट्र बचाउन कांग्रेससहित सबै दलसँग सहकार्य गर्नुपर्ने बताए । उनले नेपाली कम्युनिष्ट पार्टी नै जेनजी पुस्ताको पनि असली अभिभावक भएको दाबी गरे ।

उनले अबको एकता महाधिवेशनले पार्टीको नयाँ मोडेलको खाका कोर्ने जिकिर गरे । उनले भने,‘अहिले हाम्रो पार्टीप्रति देशभर आकर्षण बढेको छ । हिजो धादिङमा राजेन्द्र पाण्डेजी र मैले बोलेका थियौँ।

त्यहाँ जनताको उमङ्ग र उपस्थिति हेर्ने हो भने अभूतपूर्व थियो। त्यसले धादिङमा मात्रै होइन देशै भरी पनि त्यसले शक्तिशाली सन्देश गइसकेको छ। यो एकता कुनै लहड र आवेगमा गरेको अभियान होइन।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖