नेकपा एमाले ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोटको विषयमा विवाद हुँदा सुनसरीको धरानमा एमाले जिल्ला सदस्यमाथि कुटपिट भएको छ ।
युवा प्रतिनिधिका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका अनिल राजधामीमाथि निर्घात कुटपिट भएको हो । अनिल राजधानी एमाले नेता तथा पूर्वमन्त्री भीम आचार्यको स्वकीय हुन् ।
राजधामी एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल गुटसँग नजिक छन् । उम्मेदवारी फिर्ता गर्न नमानेपछि संस्थापन पक्षले उनलाई कुट्दै बाटोमा निकालेको एक प्रत्यक्षदर्शीले बताए ।-अनलाइन खबर
