• Saturday 17th of October 2026

अमेरिकाबाट ५७५ नेपाली ‘डिपोर्ट’


  • धनकुटा खबर
  • .

अमेरिकाबाट हालसम्म ५ सय ७५ नेपाली डिपोर्ट भएका छन्।

मंसिर ११ गतेसम्म ५ सय ७५ नेपाली डिपोर्ट भएको मानव वेचविखन अनुसन्धान व्युरोका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए।
पछिल्लो समय अवैध बाटो र प्रक्रियामार्फत पुगेका नेपालीहरू डिपोर्ट भइरहेको उनको भनाइ छ।

उनीहरूले दलाललाई मोटो रकम बुझाएर पुगिरहेको उनले बताए।
पछिल्लो समय दाङ, रूकुम लगायतका जिल्लाबाट ठूलो संख्यामा युवाहरू अमेरिका गइरहेको भेटिएको छ।

‘उच्च शिक्षा, छिटो धेरै पैसा कमाउने लोभ, पिआर र गुणस्तरीय जीवनशैलीका कारण धेरै जोखिम मोलेरै गइरहेको भेटिएको छ। तर त्यहाँ पुगिसकेपछि डिपोर्ट हुँदा धेरैको ठूलो रकम गुमिरहेको छ,’ उनले भने।

अनुसन्धानका क्रममा नेपालीहरू धेरै रूट प्रयोग गरेर अमेरिका गइरहेका छन्।

प्रहरी उपरीक्षक खड्काका अनुसार नेपाल–भारत–इथियोपिया, नेपाल–दुवई, नेपाल–रसिया, नेपाल–थाइल्याण्ड लगायतका रूट हुँदै युवाहरू अमेरिका छिरिरहेका छन्।

धेरैजसो नेपाली दुवई–ब्राजिल–कोलम्बियापानामा हुँदै अमेरिका छिरिरहेका पाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖