• Saturday 17th of October 2026

ओलीलक्षित प्रचण्डको टिप्पणीः हेलिकप्टर चढेर भाग्नुपर्ने दिन आउँदा पनि अहंकार त्यागेको देखिँदैन


  • धनकुटा खबर
  • .

काठमाडौं, १३ मंसिर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हेलिकोप्टर चढेर भाग्ने दिन आउँदा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले अझै अहंकार नत्यागेको टिप्पणी गरेका छन् । आज (शनिबार) दाङको लमहीमा आयोजित एकता सन्देशसभालाई सम्बोधन गर्दै उनले अहंकारको कारण सत्तामा पुगेकाहरु पनि हेलिकोप्टर चढेर भाग्नुपर्ने दिन आएको बताएका हुन् ।

ओली हेलिकोप्टर चढेर भाग्नुपरेको तथ्यले चुनाव जितेर मात्रै केही हुँदो रहेनछ भन्ने कुराको पुष्टि गरेको संयोजक प्रचण्डले बताए । चुनाव जित्नुभन्दा पनि ठूलो कुरा जनताबीचको एकता आवश्यक रहेको प्रचण्डको भनाइ छ ।

अध्यक्ष प्रचण्डले आफूले सदनको रोस्टमबाट पटक–पटक बहुमतको दम्भ नदेखाउन ओलीलाई चेतावनी दिएको पनि स्मरण गराए । आफूले त्यतिबेला नै संसद्को रोस्टममा उभिएर बहुमतको दम्भ नदेखाउन र धेरै दम्भ देखाएको अवस्थामा जनताले लखेट्ने चेतावनी दिएको पनि उनले बताए । आफूले संसद्को रोस्टमबाट दिएको चेतावनीलाई ओलीलेअ हिले सबै प्रचण्डले गराएको भन्दै हिँडेको उनले बताए ।

‘मैले संसद्को रोष्ट्रमबाटै भनेको थिएँ। बहुमतको धेरै दम्भ नदेखाउनुहोस्, यस्तै अवस्था रहे कुनै दिन जनताले लेखेट्ने छन् भनेर। आज उहाँ ले यो सबै प्रचण्डले गरायो भन्दै हिँडेको सुन्छौं। तर, उहाँको अझै पनि अहंकार त्यागेको देखिँदैन,’– प्रचण्डले भने ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖