अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले ६२ बर्षको उमेरमा विवाह गरेका छन्।
आज उनले ४७ वर्षीया जोडी हेयडनसँग विवाह गरेका हुन्।
योसँगै अल्बानिज अस्ट्रेलियाको इतिहासमा पदमै रहँदा विवाह गर्ने पहिलो प्रधानमन्त्री बनेको अन्तर्राष्ट्रिय समाचार माध्यामले लेखेका छन्।
प्रधानमन्त्री कार्यालयका अनुसार अल्बानिज र हेयडनले आगामी सोमबारदेखि शुक्रबारसम्म अष्ट्रेलियामै हनिमुन मनाउनेछन्, जसको सम्पूर्ण खर्च उनीहरूले निजी रूपमा ब्यहोर्ने जनाइएको छ।
यो विवाह भ्यालेन्टाइन डे २०२४ मा गरेको प्रस्तावपछिको एक वर्षभन्दा बढी समयपछि सम्पन्न भएको हो।
