• Saturday 17th of October 2026

एमाले महाधिवेशन प्रतिनिधि चुनावमा बागमती सरकारका मन्त्री नै पराजित


  • धनकुटा खबर
  • .

काठमाडौं– एमालेको आसन्न ११औं महाधिवेशनका निम्ति जारी रहेको प्रतिनिधि निर्वाचनमा बागमती प्रदेश सरकारका मन्त्री जयराम थापा पराजित भएका छन्।

प्रदेशका श्रम, रोगगार तथा यातायातमन्त्री थापा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ बाट खुल्लातर्फ प्रतिनिधिको उम्मेदवार बनेका थिए।

खुलातर्फ दुई प्रतिनिधि छनोटका लागि १३ जना उम्मेदवार रहेका थिए।
यो क्षेत्रमा सबै गरी पाँच जना प्रतिनिधिका लागि भएको निर्वाचनमा श्रीकृष्ण श्रेष्ठ, उद्धव खरेल, सुनिता गुरुङ, सरस्वती कार्की र प्रकाश कटुवाल निर्वाचित भएका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖