• Saturday 17th of October 2026

असई रागनीकुमारी बनिन् देशकै सर्वोत्कृष्ट प्रहरी


  • धनकुटा खबर
  • .

जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक रागनीकुमारी यादव उत्कृष्ट प्रहरी घोषित भएकी छन् ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले रागनीकुमारीलाई प्रथम स्थानका लागि नगद ४० हजार रुपैयाँसहित प्रशंसा–पत्र प्रदान गरे ।

लैङ्गिक हिं#साविरुद्धको १६ दिने अभियानको क्रममा नेपाल प्रहरीको प्रधान कार्यालयले देशभरका महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रहरूमा कार्यरत कर्मचारीहरूमध्ये रागनीकुमारीलाई सर्वोत्कृष्ट प्रहरी चयन गर्दै सम्मान गरेको हो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖