• Saturday 17th of October 2026

मधेशका मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश


  • धनकुटा खबर
  • .

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको पूर्ण इजलासले सोमबार उक्त परमादेश जारी गरेको हो ।

नेपालको संविधानको धारा १६८(२) बमोजिम मुख्यमन्त्री नियुक्ति हुनुपर्नेमा तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले १६८(३) बमोजिम मधेश प्रदेशसभाका सबैभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

सोही नियुक्ति विरुद्ध निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनल, नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवसहित ७४ जना सांसदहरूले दायर गरेको रिटमा सर्वोच्चले सोमबार परमादेश जारी गरेको हो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖