• Saturday 17th of October 2026

महेशलाई महावीरको काउन्टर: ‘यो भाइले देशलाई स्वर्ग बनाएजस्तै कुरा गर्छन् बा, म त हाँसेरै मर्छु की क्या हो!’


  • धनकुटा खबर
  • .

काठमाडौं, मंसिर १६ । नेकपा (एमाले) का नेता महेश बस्नेतले वर्तमान सरकारका मन्त्रीहरूमाथि गम्भीर आर्थिक अनियमितताको आरोप लगाएपछि शिक्षामन्त्री महावीर पुनले त्यसको व्यंग्यात्मक प्रतिवाद गरेका छन्।

नेता बस्नेतले मंगलबार ऊर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर खनालमाथि ५ अर्ब रुपैयाँको ‘सेटिङ’ गरेको आरोप लगाएका थिए। सोही आरोपसहितको पोस्ट सामाजिक सञ्जालमा सेयर गर्दै मन्त्री पुनले बस्नेत र उनको पार्टीले विगतमा गरेका कामप्रति तिखो व्यंग्य प्रहार गरेका हुन्।

मन्त्री पुनले एमाले नेता बस्नेतको अभिव्यक्तिलाई ‘हाँसउठ्दो’ भन्दै टिप्पणी गरेका छन्। उनले विगतमा सत्तामा हुँदा उनीहरूले देशको कायापलट गरेजस्तो गरी अहिले अरूलाई अर्ती दिएको भन्दै आश्चर्य प्रकट गरेका छन् ।

‘के के न आफूहरूले साह्रै राम्रो काम गरेर नेपाललाई स्वर्ग जस्तै बनाएको र नेपाललाई अति सम्पन्न तथा भ्रष्टाचारमुक्त बनाए जस्तो कुरा गर्छ बा यो भाइले– म त हाँसेरै मर्छु कि क्या हो।’ शिक्षामन्त्री पुनले लेखेका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖