• Saturday 17th of October 2026

विश्वासको मत लिने भनेका मुख्यमन्त्री अनुपस्थित भएपछि मधेश प्रदेश सभा बैठक स्थगित


  • धनकुटा खबर
  • .

जनकपुर। मधेश प्रदेश सभा बैठक आज २ बजेसम्मका लागि स्थगित भएको छ।

मुख्यमन्त्री सरोज कुमार यादवले आज बैठकमा विश्वासको मत लिने कार्यसूचि रहेकोमा मुख्यमन्त्री यादव स्वयम अनुपस्थित रहेका थिए।

प्रस्तावक स्वयम अनुपस्थित भएकाले उपसभामुख बबिता कुमारी राउत इसरले आज २ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेकी छन्।

सर्वोच्च अदालतले गत सोमबार मुख्यमन्त्री सरोज कुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो। हिजो मंगलबार मुख्यमन्त्री यादवले

बेलुका पत्रकार सम्मेलनमार्फत आफुले ढिलो पत्र प्राप्त गरेकोले आज बिहान विश्वासको मत लिने जानकारी गराएका थिए।

८ः३० बजे बस्ने भनिएको मधेश प्रदेश सभा बैठक १०ः३० मा सुरु भएको थियो। मुख्यमन्त्री यादव बैठकमा अनुपस्थित रहेका थिए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖