• Saturday 17th of October 2026

एकता संवादका लागि रवि भेट्दैछौं- सुदन गुरूङ


  • धनकुटा खबर
  • .

हामी नेपालका संस्थापक सुदन गुरूङले एकता संवादका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग भेट्ने भएका छन्।
उनले नख्खु कारागार पुगेर भेट्ने तयारी गरेका हुन्।

गुरूङले सामाजिक सञ्जालमार्फत भेट्न लागेको बताएका हुन्। केही समयअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङबीच भेटको तस्बिर बाहिरिएको थियो।

त्यसै सन्दर्भमा दुई जनाबीच एकता भएको बताउँदै लामिछानेसँग पनि संवाद गर्न लागेको बताएका हुन्।

‘बालेन र कुलमानको एकता पछि, हामीले गरेको बाचा अनुसार आज एकता संवादको लागि रवि लामिछानेसँग भेट गर्दैछौं र उहाँको धारणा पनि सुन्नेछौं,’ उनले लेखेका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖