• Saturday 17th of October 2026

यस्तो बन्नेछ केपी ओली निवास, गरियो शिलान्यास


  • धनकुटा खबर
  • .

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि निवास बनाउने काम सुरू भएको छ।

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते बालकोटस्थित निवास आगजनीमा परेपछि ओली भक्तपुरको गुण्डुमा घर भाडामा लिएर बस्दै आएका छन्।
भक्तपुरमै ओलीका लागि निवास बनाउने काम सुरू भएको हो।

एमाले पोलिट्ब्युरो सदस्य महेश बस्नेतका अनुसार ओली निवास निर्माणको काम सुरू भएको छ।

आज ओली पत्नी राधिका शाक्यले निवासको शिलान्यास गरेको बस्नेतको भनाइ छ।

सीमित मानिसहरूसँग आर्थिक सहयोग लिएर ओलीनिवास बनाउन लागिएको हो। ओली निवास बनाउन बस्नेतले नै अगुवाइ गरिरहेका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖