नेपाली कांग्रेस मोरङका जिल्ला सदस्य तथा सूचना–सञ्चार एवं प्रचार विभाग प्रमुख वीरेन्द्रकुमार साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्।
साहले बिहीबार काठमाडौँस्थित रास्वपा केन्द्रीय कार्यालयमा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल, केन्द्रीय महामन्त्री कवीन्द्र बुर्लाकोटी, केन्द्रीय प्रवक्ता मनिष झा लगायत शीर्ष नेताहरूको उपस्थितिमा पार्टी प्रवेशको घोषणा गरेका हुन्।
‘राष्ट्रिय स्वतन्त्र पार्टीमा एक साधारण सिपाहीका रूपमा सेवा यात्रालाई अझ प्रभावकारी बनाउने लक्ष्य छ,’ साहले भने ।
रास्वपामा प्रवेशसँगै अब साहले आफ्नो अनुभव र सामाजिक सक्रियतालाई संस्थागत रूपमा जनतामुखी नेतृत्व निर्माणमा योगदान पुर्याउने बताएका छन्।
