• Friday 16th of October 2026

‘प्रभुशक्तिलाई खुसी बनाउन कुलमानले म जता जान्छु त्यतैको लाइन काट्छन्’


  • धनकुटा खबर
  • .

काठमाडौं, मंसिर १९ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले ऊर्जामन्त्री कुलमान घिसिङले आफू जहाँ-जहाँ गयो त्यहाँ-त्यहाँको बत्ती काटिदिने गरेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमा उनले कुलमानले भोजपुर, तालेजुङ र संखुवासभा जाँदा बत्तीको लाइन काटिदिएको बताउँदै अब हेटौंडा जाने कार्यक्रम रहेकाले त्यहाँपनि काटिदिनु भन्दै तिखो व्यङ्ग्य गरेका छन् । कुलमानले एमसिसी र प्रभुशक्तिलाई खुसी पार्न आफु सहभागी हुने कार्यक्रमको लाइन काटिने गरेको समेत हर्कले दाबी गरेका छन् ।

उनले लेखेका छन्, ‘कुलमान घिसिङ जी, भोजपुर गएँ लाइन काटिदिनु भो, तालेजुङ गएँ लाइन काटिदिनु भो, संखुवासभा गएँ त्यहाँ पनि लाइन काटिदिनु भो, अब हेटौंडा जाँदैछु त्यहाँ नि काटिदिनु है!’ हर्कले सामाजिक सञ्जालमा लेखे, ‘एमसिसीलाई खुसी बनाउनु! प्रभुशक्तिलाई खुसी पार्नु ल!’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖