• Friday 16th of October 2026

नेकपालाई ‘वृद्ध क्लब’ भन्दै ७ जनाले छाडे प्रचण्डको साथ


  • धनकुटा खबर
  • .

काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा नवगठित नेपाली कम्युनिस्ट पार्टी(नेकपा)लाई वृद्ध क्लबको संज्ञा दिँदै ७ जनाले प्रचण्डको साथ छाडेका छन् ।

कम्युनिस्ट पार्टीको जनवादी केन्द्रियताको नाममा कोटको गोजीबाट नेतृत्व छान्ने र जनस्तरले तिरस्कार गरिसकेको पुस्ताहरूको जमघट गराई पुनः नेपाली जनतालाई भ्रमित पार्ने कार्य भएको भन्दै उनीहरुले शुक्रबार प्रचण्डको साथ छाडेका हुन् ।

‘पार्टीको नाममा वृद्ध क्लब झैँ लाग्ने नेतृत्वहरूबाट आजको नव युवा तथा एआई पुस्ताले चाहेको राजनैतिक नेतृत्व सम्भव नरहेको तथ्य प्रति सहमत हुँदै निःशुल्क शिक्षा, स्वास्थ्य, रोजगार, सुशासन र सामाजिक न्याय, सङ्घीयता र जनसङ्ख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्वका लागि नेपाली समाजवाद प्राप्तिको निम्ति नयाँ सङ्गठनात्मक विधि र विचार सहित जनताका बीचमा गई क्षेत्रीय, जातीय, लैङ्गिक लगायतका आम मुद्दालाई वर्गीय मुक्ति गर्नका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा समाहित हुने निर्णय गरेको तथ्य सार्वजनिक गर्दछौ,’ प्रचण्डकाे साथ छाड्दै उनीहरूले विज्ञप्तिमा भनेका छन् ।

यी हुन् प्रचण्डको साथ छाड्नेहरू

बालकृष्ण श्रेष्ठ – नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपाः केन्द्रीय उपाध्यक्ष
अमिताभ बच्चन दास – पूर्व नेकपा माओवादी केन्द्र, २ नं. क्षेत्रीय ईन्चार्ज
सन्तोष राज घिमिरे पूर्व नेकपा माओवादी केन्द्रका नेता
सुनिल रौनियार पूर्व नेकपा माओवादी केन्द्र, २ नं. क्षेत्रीय संयोजक
दिनेश प्रसाद यादव – पूर्व नेकपा माओवादी केन्द्र, कालिकामाई गा.पा.
फनिद्र प्रसाद गुप्ता युवा नेता
गायत्री सिंह–अखिल क्रान्तिकारी केन्द्रीय लेखा आयोग उपाध्यक्ष

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖