काठमाडौं । फिल्म निर्मात्री तथा अभिनेत्री पूजा शर्माले शनिबार प्रेमी युद्ध बानियाँसँग लगनगाँठो कस्दैछिन् ।
भक्तपुरको एक रिसोर्टमा विवाह समारोह आयोजना गरिएको छ ।
त्यसअघि शुक्रबार पूजाले झम्सिखेलस्थित आफ्नो रेस्टुरेन्टमा मेहेन्दी लगाइन् । मेहेन्दी उत्सवमा निकट कलाकार र आफन्त सहभागी थिए ।
मेहेन्दीमा पूजाले युद्धको चित्र बनाएकी छिन् । मेहेन्दी कला पनि आकर्षक देखिन्छ । युद्ध पनि मेहेन्दी उत्सवमा पुगेका थिए । प्राप्त तस्वीरमा यी दुईजनालाई खुसी देख्न सकिन्छ ।
शनिबार हुने विवाहमा पनि युद्ध र पूजाले आफू निकट फिल्मकर्मी, संचारकर्मीलाई निम्तो दिएका छन् ।
