• Friday 16th of October 2026

दिनभरि स्थानीयको अवरोधपछि रातको समयमा धमाधम पिच, वडाध्यक्ष फिल्डमा


  • धनकुटा खबर
  • .

काठमाडौं । बालाजु बाइपास सडक धमाधम पिच हुन थालेको छ ।

चौतर्फी विरोधपछि अहिले रातको समयमा सडक पिच गर्न सुरु गरिएको छ । अहिले वडा नं. १६ की वडाध्यक्ष रोजिना श्रेष्ठ आफैँ फिल्डमा खटिएकी छन् ।

श्रेष्ठको निगरानीमा काम हुँदै छ । एक महिनाअघि काठमाडौं महानगरपालिकाले सडक खनेर अलपत्र गरेसँगै स्थानीयले बालाजु बाइपास सडक बन्द गरेका थिए ।

सडक धुलोमुक्त बनाउने भन्दै महानगरले काम सुरु गरे पनि खनेर अलपत्र छोड्दा सडक झन् धुलाम्मे हुँदा स्थानीयले सास्ती भोग्नु परेकोले सडक बन्द गरिएको स्थानीयले जानकारी गराएका थिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖