• Friday 16th of October 2026

अबको सरकार एमालेको हो, अरू आउँछन् कि आउँदैनन् थाहा छैन, एमाले चाहिँ आयो आयो’


  • धनकुटा खबर
  • .

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि मुलुकमा एमालेको सरकार बन्ने ठोकुवा गरेका छन्।

शनिबार पार्टी कार्यालयमा ‘नवयुग’ ई–बुलेटिन शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

सम्बोधनका क्रममा अध्यक्ष ओलीले आफूहरू निर्वाचनको प्रतीक्षामा रहेको भन्दै निर्वाचन हुनासाथ एमाले सत्तामा आउने दाबी गरे।

उनले भने, ‘हामी चुनाव पर्खिरहेका छौँ, जहिले चुनाव हुन्छ तैले, म सबैले सुन्ने गरी भन्न चाहन्छु- अबको सरकार भनेको, चुनावबाट आउने सरकार नेकपा एमालेको हो।’

पछिल्लो समय पुराना राजनीतिक दलहरूको विकल्प खोज्ने आवाज उठिरहेको सन्दर्भलाई सङ्केत गर्दै उनले अरू दलको बारेमा आफूलाई थाहा नभए पनि एमालेको पुनरागमन निश्चित रहेको जिकिर गरे।

ओलीले भने, ‘अरू आउँछन् कि आउँदैनन् म जान्दिनँ, एमाले चाहिँ आयो आयो।’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖