• Friday 16th of October 2026

ओली कुटीको नक्सा पोस्ट गर्दै शिक्षामन्त्रीको व्यंग्य- ‘इन्जिनियरलाई कारबाही गर्नुपर्छ’


  • धनकुटा खबर
  • .

काठमाडौं– शिक्षामन्त्री महावीर पुनले ओली कुटीको नक्सा बनाउने इन्जिनियरलाई कारबाही गर्नुपर्ने भन्दै व्याङ्ग्य गरेका छन् ।

कुटीको नक्सा बनाएर ल्याउनु भनेका इन्जिनियरले दरबारको नक्सा बनाएर ल्याएको भन्दै उनले ओली कुटीको नक्साप्रति व्यङ्ग्य गरेका हुन् ।

सामाजिक सञ्जालमा सक्रिय पुनले केही दिन अघि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका लागि भक्तपुरको गुन्डुमा शिलान्यास भएर बन्न लागेको घरको नक्साप्रति यस्तो व्याङ्ग्य गरेका हुन् ।

मन्त्री पुनले फेसबुकमा लेखेका छन्-

‘यो नक्सा डिजाइन गर्ने इञ्जीनियरलाई सख्त कारबाही गर्नुपर्छ । अनी घोर बेइजती तथा मानहानीको मुद्दा लगाउनु पर्छ भन्ने मेरो भाग छ। 🤣😂हाकिमले दुई जना बस्ने कुटीको नक्सा बनाएर ल्याउ भने पछि यत्रो ठूलो दरबारको नक्सा बनाई दिनु हुन्छ त उसले । कहाँ सम्मको लापरवाही हो यो ?😂😆🤣 एक छिन रमाइलो।’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖