• Friday 16th of October 2026

पूर्वगृहमन्त्री रमेश लेखकलाई अनुसन्धानमै नल्याई मुद्दा दायर गर्ने तयारी


  • धनकुटा खबर
  • .

भिजिट भिसा प्रकरणमा पूर्वगृहमन्त्री रमेश लेखकको कुनै कनेक्सन नदेखिएको भन्दै अख्तियारले उनलाई अनुसन्धानमै नल्याई मुद्दा दायर गर्ने तयारी गरेको छ।

लेखक गृहमन्त्री हुँदाका सहसचिव तीर्थराज भट्टराई र उनका सचिवालयका दुई कर्मचारी भने कमिसन लिएर भिजिट भिसा सेटिङ मिलाएको आरोपमा तानिएका छन्।

भिजिट भिसामा सेटिङ मिलाएर कमिसन बुझेर मानिस विदेश पठाएको मुद्दामा तानिँदा लेखकलाई भने अख्तियारले अनुसन्धानको दायरामै नल्याएको हो। भिजिट भिसा प्रकरणमा लेखकको कनेक्सन नै नदेखिएको भनाइ अख्तियारको छ।

लेखकको कनेक्सन कतैबाट पनि फेला नपरेकाले उनीसँग बयान नलिएको र प्रतिवादी पनि नबनाउने अख्तियार स्रोतको भनाइ छ। जेनजी आन्दोलनअघि लेखकलाई भिजिट भिसा प्रकरणको अनुसन्धान दायरामा ल्याउन माग गर्दै विपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद बहिस्कार गर्दै आएका थिए।

लेखकको राजीनामा माग गर्दै आएका थिए। उनीहरु यो मागबाट पछि नहटेकै अवस्थामा गृहमन्त्री लेखकले जेनजी आन्दोलनको पहिलो दिन भदौ २३ गते नै राजीनामा दिएका थिए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖