• Friday 16th of October 2026

प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक: गोकुल बास्कोटा


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीको आगामी ११औँ महाधिवेशनमा प्रतिनिधि छनोट प्रक्रियालाई लिएर असन्तुष्टि व्यक्त गरेका छन्।

उनले प्रतिनिधि छनोटमा ‘पाखुरा सुर्कने’ प्रवृत्ति देखिएको भन्दै यस्तो घातक संस्कारलाई हुर्कन दिन नहुने बताएका हुन्।

नेता बास्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो अनुभव साट्दै एमालेको महाधिवेशनमा ‘निति विचारकै बहस’ चर्कने गरेको स्मरण गरेका छन्। उनले चौथो महाधिवेशनमा विशेष कार्यक्रम सफल पार्न भनेर इलाका युथ लिग (वाईएल) ले बदाम, मकै र शिला खोजेर सहयोग पठाएको उल्लेख गरेका छन्।

त्यसपछि पाचौँ महाधिवेशनदेखि आजसम्म (सातौँ बाहेक) प्रतिनिधि कै रूपमा सहभागी हुने अवसर पाएको बताउँदै उनले महाधिवेशनमा वैचारिक बहसको परम्परा रहेकोमा अहिले प्रतिनिधि छनोटमा ‘पाखुरा सुर्केको’ सुनिनुलाई घातक संस्कार भनेका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖