• Friday 16th of October 2026

रास्वपाको आन्तरिक उमेदवारी आवेदन खुला, २५ हजार शुल्क


  • धनकुटा खबर
  • .

काठमाडौं । रास्वपाले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको आन्तरिक उमेदवार छनोट प्रक्रियामा सहभागी हुनका लागि आवेदन खुला गरेको छ ।

उमेदवार छनोट समितिका संयोजक विपिनकुमार आचार्यका अनुसार आजदेखि उमेदवारी आवेदन खुला गरिएको छ ।

आवेदन रास्वपाको आधिकारिक मोबाइल एपमार्फत् दिन सकिने व्यवस्था गरिएको छ ।

आवेदन दिन चाहनेले २५ हजार रुपैयाँ बुझाउनुपर्नेछ । विपन्नहरुले पनि आवेदन दिन सक्नेछन् तर विपन्नता पुष्टि हुने कागजात पेस गर्नुपर्नेछ । आवेदकहरुमध्येबाट उमेदवार छनोट गरिने रास्वपाले जनाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖