महेश बस्नेत भन्छन् –
केपी ओली जोगी होइनन्, एमाले नेपालकै ठूलो र सक्षम राजनीतिक शक्ति हो। उहाँ त्यस्को अध्यक्ष हो।
केपी ओलीका लागि २/३ कोठाको घर बनाइन्छ भन्ने कुरा ‘अपेक्षा’ हो भने अव्यावहारिक छ र ‘ब्यङ्ग’ हो भने—ब्यङ्ग गर्नेहरूको घर, बसाइ र जीवनशैली सबैले देखेकै छौं।
त्यसैले कृपया टाउको नदुखाउनुहोस् अध्यक्षको आवास उहाँको जनसम्पर्क, पार्टीको प्रभाव र दायित्व अनुसार नै निर्माण हुनेछ।
यो घर सीमित समर्थक र शुभचिन्तकको सहयोगबाट बन्नेछ, जहाँ गुण्डु र भक्तपुरवासीको विशेष भूमिका रहनेछ।
‘कुटी’, ‘भन्नुस’ वा ‘आश्रम’—यी त नामाङकण मात्रै हुन्।
हिजो नेकपा फुटाएर एमाले सके भनेर के पी ओली “बार्दली गए” भनेर व्यंग्य गर्नेहरूलाई केपी ओलीले
बार्दलीमै बसेर नेपालको राजनीति नियन्त्रण र सन्तुलन निर्धारण गर्ने व्यक्ति उहाँ नै हो।
आज फेरी “राजनीतिबाट कुटी पुगे” भनेहरूले बुझ्नु पर्ने कुरा यस्तो छ ।
राष्ट्रियता, विकास, समृद्धि र भत्किएको देशको पुनर्निर्माण केपी ओलीले कुटीबाटै गरेर देखाउने क्षमता राख्छन्।
