• Friday 16th of October 2026

ओली र लेखकलाई पक्राउ नगरे देशभर विरोध प्रदर्शन गर्ने सुदन गुरुङको चेतावनी


  • धनकुटा खबर
  • .

काठमाडौँ । हामी नेपालका संस्थापक सुदन गुरुङले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ नगरिए देशभर विरोध प्रदर्शन गर्ने चेतावनी दिएका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले गत भदाै २३ गते भएकाे जेनजी आन्दाेलनकाे विषयलाई लिएर यस्तो चेतावनी दिएका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,’अब हामी गृहमन्त्रीमा हिम्मत छ वा छैन भनेर हेर्न पर्खिरहेका छौँ, जसरी उनले सधैँ भन्दै आएका छन् कि छानबिन आयोगको लागि पर्खनुहोस् अब समय आएको छ।

हेरौँला अब पनि आफ्नो बोली राखेनन् भने देशभर विरोध प्रदर्शन हुनेछ र त्यसको जिम्मा स्वयं गृहमन्त्री आफैँले लिनुपर्ने छ ।’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖