• Friday 16th of October 2026

निलम्बित महानिर्देशक अधिकारी डिल्लीबजार कारागार चलान


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।

आइतबार विशेष अदालतका न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अधिकारीलाई थुनामा पठाउने आदेश दिएको थियो ।

भक्तपुर नलिन्चोकमा हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको मुद्दामा उनलाई कारागार चलान गरिएको एक उच्च प्रहरी अधिकृतले रातोपाटीलाई बताए ।

हेलिपोर्ट निर्माणमा साढे १३ करोड भ्रष्टाचार गरेको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार अधिकारीसहित सातजनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖