• Friday 16th of October 2026

एमालेमा नेतृत्व परिवर्तन गर्ने यो उपयुक्त समय हो : सुरेन्द्र पाण्डे


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले ईश्वर पोखरेल समूहबाट उठ्ने पदाधिकारीबारे उपयुक्त समयमा टुंगो लगाउने बताएका छन् ।

सोमबार सञ्चारकर्मीसँगको अन्तरक्रियामा नेता पाण्डेले पोखरेल समूहमा पदाधिकारीका लागि कुनै विवाद नभएकाले उपयुक्त समयमा समूहका पदाधिकारीबारे सार्वजनिक गर्ने बताए ।

फरक प्रसङ्गमा पाण्डेले जहिले पनि दुई वटा अवस्था पार्टीको नेतृत्व परिवर्तन हुने दाबी गरे ।

‘दुई वटा अवस्थामा नेतृत्व परिवर्तन हुन्छ एउटा हार र पराजय, अर्को जितिरहेका बेला नेतृत्व परिवर्तन हुन्छ’, पाण्डेको भनाइ छ । नेता पाण्डेले एमालेको नेतृत्व परिवर्तन गर्ने यो उपयुक्त समय भएको दाबी समेत गरे ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖