• Friday 16th of October 2026

जेन-जी आन्दोलनका घाइतेलाई सरकारले शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्ने


  • धनकुटा खबर
  • .

काठमाडौँ । सरकारले जेन-जी आन्दोलनका घाइतेलाई शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था मिलाउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

जेन-जी आन्दोलनका घाइते र अपांगता भएका भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउने सम्बन्धी कार्यविधि-२०८० मन्त्रिपरिषद्ले स्वीकृत गरेको र सोही कार्यविधिमा टेकेर सरकारले जेन-जी आन्दोलनका घाइतेलाई स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था मिलाउने सञ्चारमन्त्री जगदीश खरेलले बताएका छन् ।

भदौ २३ र २४ गते (दुई दिन) भएको जेन-जी आन्दोलनमा ७६ जनाले ज्यान गुमाएका थिए । तीमध्ये सरकारले ४५ जनालाई सहिद घोषणा गरिसकेको छ ।

सोही आन्दोलनका घाइतेलाई सरकारले शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्ने भएको हो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖