• Friday 16th of October 2026

एमाले महाधिवेशनको उद्घाटन समारोहमा अतिथिका रुपमा कांग्रेस सभापति शेरबहादुर देउवालाई निम्तो


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एमालेले पार्टीको ११औँ महाधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई अतिथिका रुपमा बोलाएको छ ।

एमालेका सचिव रघुवीर महासेठ र नेता महेश बर्तौला मंगलबार देउवा निवास पुगेर महाधिवेशनको उदघाटन सत्रमा अतिथिको रूपमा सहभागी हुन निमन्त्रणा पत्र दिएका हुन् ।

एमालेको ११औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म हुँदैछ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖