• Friday 16th of October 2026

पाल्पा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसले गर्यो सन्दीप रानाको एकल नाम मात्र सिफारिस


  • धनकुटा खबर
  • .

फागुन २१ मा हुने प्रतिनिधि सभा उपनिर्वाचनका लागि पाल्पा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसले सन्दीप रानाको एकल नाम मात्र सिफारिस गरेको छ। क्षेत्रीय स्तरसहितका सबै तहका नेताहरूको सहमतिमा रानालाई नै प्रत्यक्षतर्फका उम्मेदवारका रूपमा सिफारिस गरिएको हो।

क्षेत्रीय सभापति झमनराज रानाको अध्यक्षतामा बसेको विस्तारित बैठकमा जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, पालिका सभापति, महाधिवेशन प्रतिनिधि तथा विभिन्न तहका नेता–कार्यकर्ताहरू सहभागी थिए। सर्वसम्मत छलफलपछि रामपुर नगरपालिका–७ का सन्दीप रानालाई उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरिएको बैठकपछि नेताहरूले बताएका छन्।

सन्दीप राना कांग्रेस लुम्बिनी प्रदेशसभाका सदस्य, महासमिति सदस्य तथा अन्तर्राष्ट्रिय बीपी चिन्तन प्रतिष्ठानका अध्यक्षसमेत हुन्। पार्टीभित्र उनी संगठन, नीति तथा वैचारिक पक्षमा सक्रिय मानिन्छन्।

कांग्रेसले यसपालि पाल्पा–१ मा एकल नाम मात्र सिफारिस गरेर स्पष्ट सन्देश दिएको छ—क्षेत्रमा अन्तर्कलह नभई पार्टी अभिमुखीकरण एउटै व्यक्तिमा केन्द्रित छ। विधान अनुसार प्रदेश समितिलाई तीन नाम सिफारिस गर्नुपर्ने व्यवस्था भए पनि छलफलपछि रानालाई नै उपयुक्त र जित्ने सम्भावना मजबूत मान्दै एकल नाम पठाइएको कांग्रेस नेताहरूले बताएका छन्।

अब सिफारिस सूची प्रदेश हुँदै केन्द्रीय समितिमा पुग्नेछ, जहाँ अन्तिम निर्णय गर्ने अधिकार कांग्रेस केन्द्रीय समितिसँग रहनेछ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖