काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं पूर्व परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा आसन्न प्रतिनिधिसभा सभा सदस्य निर्वाचनको उम्मेदवारमा सिफारिस भएकी छन् ।
डा.राणा कैलाली क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएकी हुन् ।
यो पनि…
रोल्पाबाट गगन थापा प्रतिनिधिसभा चुनावका लागि सिफारिस
नेपाली कांग्रेसले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि महामन्त्री गगन थापाको नाम रोल्पाबाट प्रत्यक्षतर्फ सिफारिस गरेको छ।
कांग्रेस जिल्ला कार्यसमितिको मंगलबार बसेको बैठकले थापालाई मुख्य उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो।
लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनका स्वकीय सचिव अनुपम जीसीका अनुसार थापासँगै चार जनाको नाम पनि प्रत्यक्षतर्फ सिफारिस गरिएको छ। ती नाममा अमरसिंह पुन, महासमिति सदस्य मनोजमणी आचार्य, डा. मन्दिप सुवेदी, र ज्ञानबहादुर ओली रहेका छन्।
कांग्रेसले अब केन्द्रमा पठाइने सिफारिसको आधारमा अन्तिम उम्मेदवार छनोट गर्नेछ।
