• Friday 16th of October 2026

मोरङ-६ बाट शेखर कोइरालाको एकल नाम सिफारिस


  • धनकुटा खबर
  • .

विराटनगर। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाको नाम प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एकल सिफारिस भएको छ।

आज बसेको मोरङ क्षेत्र नम्बर ६ को बैठकले कोइरालाको नाम एकल सिफारिस गरेको क्षेत्रीय सभापति देवराज तामाङले जानकारी दिए ।‘आज बैठक बसेर उहाँको नाम जिल्ला कार्यसमितिमा एकल सिफारिस गरिएको हो‚’ उनले भने।

२०७९ को निर्वाचनमा कोइराला यहाँबाट विजयी हुँदा २०७४ को निर्वाचनमा हार बेहोर्नु परेको थियो। यसैगरी मोरङ क्षेत्र नम्बर ३ बाट सुनिल शर्माको नाम पनि एकल रुपमा सिफारिस भएको छ। पछिल्लो निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖