• Friday 16th of October 2026

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ ९३ दलले दिए निर्वाचन आयोगमा निवेदन


  • धनकुटा खबर
  • .

काठमाडौँ- फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ ९३ वटा दलले निर्वाचन आयोगमा निवेदन दिएका छन्।

आयोगले शुक्रबार सूचना जारी गर्दै मंसिर २१ गते बिहान १० बजेदेखि २३ गते अपराह्न ४ बजेसम्म सो प्रणालीमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन पेस गर्न सूचना जारी गरेको थियो।

अन्तिम दिनसम्म एकल र छुट्टाछुट्टै चुनावमा जान ९३ वटा राजनीतिक दलले निर्वाचनमा भाग लिन निवेदन दिएको आयोगले जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖