• Friday 16th of October 2026

प्रधानमन्त्री सुशीला कार्की र जेनजी प्रतिनिधि सुदन गुरुङबीच सिंहदरबारमा भेटवार्ता


  • धनकुटा खबर
  • .

प्रधानमन्त्री सुशीला कार्की र जेनजी प्रतिनिधि सुदन गुरुङबीच मंगलबार सिंहदरबारमा भेटवार्ता भएको छ। भेटमा गुरुङले सरकार र जेनजी आन्दोलनबीच अघि बढिरहेको सम्झौता प्रक्रियामा भएको ढिलाइप्रति गम्भीर चासो व्यक्त गरेका छन्।

गुरुङका अनुसार जेनजी आन्दोलनलाई औपचारिक वैधता दिने गरी तयार पारिएको सम्झौता अब ढिला नगरी टुंग्याई राष्ट्रपतिसमक्ष हस्ताक्षरका लागि पठाउनुपर्ने आवश्यकता छ। उनले आन्दोलनले देशव्यापी रूप लिएको र यसका मागहरूलाई राज्यले संवेदनशीलतापूर्वक सम्बोधन गर्नुपर्ने बताए।

भेटमा उनले सुरक्षा निकायले आन्दोलनका क्रममा सर्वसाधारण युवामाथि गरेको धरपकडबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराए। धेरै युवाले धरौटी तिर्न नसक्दा पुर्पक्षका लागि जेल जानुपर्ने अवस्था आएकाले सरकारको गम्भीर ध्यानाकर्षण गराउनुपर्ने उनले बताए।

गुरुङले जेनजी आन्दोलनका मागहरू शान्तिपूर्ण रूपमा सम्बोधन गर्न सरकारलाई चाँडो निर्णयात्मक कदम चाल्न आग्रह गरे। प्रधानमन्त्री कार्कीले भने विषयमा आवश्यक छलफल अघि बढाइने र प्रक्रियालाई निष्पक्ष ढंगले अघि बढाइने आश्वासन दिएको जनाइएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖