काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी प्रतिनिधि सभा निर्वाचन अन्तिम पटक डडेल्धुराबाट चुनाव लड्ने घोषणा गरेपछि राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ।
लामो समयदेखि डडेल्धुरालाई आफ्नो राजनीतिक आधार क्षेत्र बनाएका देउवाले अब सक्रिय चुनावी राजनीति समापन गर्ने संकेत दिएको बुझिएको छ।
देउवाको उक्त घोषणापछिका प्रतिक्रियाले सामाजिक सञ्जालमा अझै चर्चा थपिएको छ। विशेषगरी पत्रकार राजिब खत्रीले लेखेको व्यङ्ग्यात्मक टिप्पणी निकै भाइरल बनेको छ। उनले लेखेका छन्—
“अब अन्तिम पटक चुनाव लड्छु भन्ने नेता र अब अन्तिम पटक रक्सी खान्छु भन्ने जड्याहा उस्तै हुन्।”
