• Friday 16th of October 2026

धनकुटा सहित तीन जिल्लाबाट प्रतिनिधि सभाका लागि सिफारिस भए कांग्रेस महामन्त्री थापा


  • धनकुटा खबर
  • .

काठमाडौ । प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा तीन जिल्लाबाट सिफारिस भएका छन्। उनी सर्लाही, धनकुटा र रोल्पाबाट सिफारिस भएका हुन्।

काँग्रेस केन्द्रीय कार्यालयले जिल्ला–जिल्लाका निर्वाचन क्षेत्रमा आपसी सहमतिमा २५ गतेसम्म नाम सिफारिस गर्न आग्रह गरेअनुसार अहिले धमाधम नाम सिफारिस भइरहेको छ।सो क्रममा महामन्त्री थापाको नाम अहिलेसम्म तीन जिल्लाबाट सिफारिस भएको छ। उनलाई सर्लाही क्षेत्र नम्बर ४ बाट सिफारिस गरिएको हो। थापासँगै सर्लाही ४ बाट वीरेन्द्रप्रसाद सिंहको नाम पनि सिफारिस भएको छ।

धनकुटाबाट पनि उनी सिफारिसमा परेका छन्। जिल्ला कार्यसमितिको बैठकले थापाको नाम प्रत्यक्षतर्फ पहिलो नम्बरमा राखेर सिफारिस गरेको हो। दोस्रो नम्बरमा दिनेश राईको नाम रहेको छ। त्यस्तै हरिकुमार राई र मनोहर नारायण श्रेष्ठको नाम पनि प्रत्यक्ष उम्मेदवारतर्फ सिफारिस गरिएको छ।

महामन्त्री थापाको नाम रोल्पाबाट पनि सिफारिस भएको छ। रोल्पाबाट थापासँगै लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, महासमिति सदस्य मनोजमणि आचार्य, डा. मन्दिप सुवेदी र ज्ञानबहादुर ओलीको नाम सिफारिस गरिएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖