• Friday 16th of October 2026

अध्यक्ष ओली आयोगमा बयान दिन जानुपर्छ, अवज्ञा गर्नु हुँदैन : ईश्वर पोखरेल


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा ११ औँ महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनबारे छानबिन गर्न बनेको आयोगमा उपस्थित भएर बयान दिनुपर्ने बताएका छन् ।

बुधबार राजधानीमा पत्रकारहरूसँगको अन्तरक्रियामा बोल्दै पोखरेलले आयोगको अवज्ञा गर्न नहुने धारणा राखेका हुन् ।

आयोगले बोलाएको समयमा बयान दिन जानु स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै पोखरेलले भने, ’त्यो आयोगमा बयान दिन जाने कुरा स्वाभाविक हो। म भएको भए अझै अगाडि नै गएर बयान दिन जाने थिएँ। त्यसको अवज्ञाले राम्रो गर्दैन ।’

पोखरेलले आयोगका अध्यक्षको भूमिका र प्रस्तुतिमाथि प्रश्न उठाउने ठाउँ भए पनि कानुनी प्रक्रियालाई सम्मान गर्नुपर्नेमा जोड दिए।

’आयोगको अध्यक्ष जसलाई बनाइयो, उहाँले जसरी आफूलाई मान्यताको रूपमा उभ्याउनुभयो, त्यसमा प्रश्न पनि छ। तर, आयोगमा बयान दिन जाने, लागेको कुरा र तथ्यहरू प्रस्तुत गर्न जानुपर्छ र हाम्रो अध्यक्ष पनि जानुहुन्छ भन्ने मलाई लाग्छ,’ उनले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖