आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ रूपन्देही क्षेत्र २ मा नेपाली कांग्रेसले ८ जनाको नाम सिफारिस गरेको छ ।
कांग्रेसले प्रत्यक्षतर्फ युवराज गिरी, चुन्नुप्रसाद पौडेल, कुमार केसी, प्रकाश राना, प्रजापाल गिरी, मुक्तिराज पौडेल, सुदीप तिवारी र रीता केसीको नाम सिफारिस गरेको हो ।
रूपन्देही २ एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले चुनाव जित्दै आएको क्षेत्र हो ।
नेता गिरी यसअघि २०७४ मा विष्णु पौडेलसँग पराजित भएका नेता हुन् । यसैगरी चुन्नु पौडेल व्यवसायी हुन् । केसी यसअघि प्रदेशसभा निर्वाचनमा पराजित भएका थिए ।
विष्णु पौडेलले २०६४, २०७०, २०७४ र २०७९ मा यही क्षेत्रबाट निर्वाचन जितेका थिए ।
यसैगरी, यसै क्षेत्रबाट समानुपातिकतर्फ बालकुमारी भण्डारी, रीता सेन, कविता अर्याल, समा श्रेष्ठ, महेश थैव, चित्रबहादुर केसी, रवि विक, प्रशान्त कोइरालाको नाम सिफारिस गरेको छ । यस्तै क्षेत्र नम्बर १ बाट ६ जना र २ बाट ९ जनाको नाम सिफारिस भएको हो ।
क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ अब्दुल रज्जाक, हिरा खत्री, विश्वनाथ यादव, गुनाखर भुर्तेल, हरि न्यौपाने र आयुशा कँडेलको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति हिराबहादुर खत्रीले बताए ।
यस्तै, समानुपातिकमा गंगा शाही, मणिप्रसाद शर्मा, सरिता चौधरी, दीपक पौडेल, भगवती गैरे र राजु रोकाको नाम सिफारिस भएको छ ।
यसैगरी, राष्ट्रियसभामा रामबहादुर कार्कीको नाम सिफारिस भएको छ ।
