• Friday 16th of October 2026

प्रधानमन्त्री कार्यालयभित्रै जेनजी समूहहरूबीच विवादपछि च्यातियो सम्झौता पत्र


  • धनकुटा खबर
  • .

काठमाडौं । सरकार र जेनजीबीच सम्झौता पत्रमा हस्ताक्षर भएलगत्तै विवाद सुरू भएको छ।

बुधबार प्रधानमन्त्री कार्यालयभित्रै जेनजी समूहहरूबीच विवाद भएको हो। जेनजी आन्दोलनलाई हाइज्याक गरेको र नाममात्रको सम्झौता भएको बताउँदै केही जेनजी प्रतिनिधिहरूले विवाद गरेका हुन्।

जेनजी अगुवा अजय सोडारीले प्रधानमन्त्री कार्यालयभित्रै सम्झौता च्यातेर फालेका थिए। उनले विभिन्न बहाना बनाएर नाममात्रको सम्झौता भएको र यसले जेनजी आन्दोलनको भावनालाई पनि नसमेटिएको आरोप लगाए।

उनले यो सरकारले चुनाव गराएर फेरि तिनै राजनीतिक दलका नेताहरूलाई ल्याउन भूमिका खेलिरहेको आरोप लगाउँदै प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा दिन माग गरे।

उनले यो सरकारले संविधान पुनःलेखन नगरेको र शासकीय स्वरुपका विषयमा पनि केही नबोलेको आरोप लगाए। सरकार र जेनजीहरूबीच बुधबार १० बुँदे सम्झौता भएको थियो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖