• Friday 16th of October 2026

प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भएको भेटवार्तामा केपी ओलीलाई गिरफ्तार गर्ने कुरा भएको : महेश बस्नेत


  • धनकुटा खबर
  • .

काठमाडौं, २५ मंसिर । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भएको भेटवार्तामा केपी ओलीलाई गिरफ्तार गर्ने कुरा भएको रहस्य खोलेको छन् ।

हिजोको पत्रकार सम्मेलनमा ईश्वर पोखरेलले पनि ओली बयान दिन जाँचबुझ आयोग जानुपर्ने भनेर बोलेको कुरा पनि बस्नेतले उल्लेख गरेका छन् ।

उनले अहिले एमालेको महाधिवेशन भाँड्नेगरि आतंक फैलाउने र सहभागिता घटाउने षड्यन्त्र भइरहेको पनि दाबी गरेका छन् । महाधिवेशनमा चुनाव भएमा सकेसम्म हराउने र नसकेसम्म ओलीको भोट घटाउने विरोधीहरुको चाला रहेको बस्नेतको भनाई छ ।

उनले एमालेले सबैखाले षड्यन्त्र चिर्न सफल हुने दाबी गरेका छन् । उनले अध्यक्ष ओलीलाई दबाब दिने वा गिरफ्तार गर्ने कुनैपनि चाल कदापी सफल नहुने ठोकुवा गरेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖