जापानको उत्तरपूर्वी तटीय क्षेत्रमा शुक्रबार (डिसेम्बर १२) बिहान ११:४४ बजे ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। यो भूकम्प आओमोरी प्रान्तको तटबाट करिब २० किलोमिटरको गहिराइमा गएको जापान मौसम विज्ञान एजेन्सी (JMA) ले जनाएको छ।
भूकम्पपछि होक्काइदो, आओमोरी, इवाते र मियागी प्रान्तका तटीय क्षेत्रहरूका लागि सुनामीको सल्लाह (Tsunami Advisory) जारी गरिएको छ। JMA का अनुसार, यस क्षेत्रमा १ मिटर (करिब ३ फिट) सम्मको छाल आउन सक्ने सम्भावना छ।
यसअघि सोमबार राति पनि सोही क्षेत्रमा ७.५ म्याग्निच्युडको ठूलो भूकम्प गएको थियो, जसले ३० भन्दा बढी मानिसलाई घाइते बनाएको थियो।
लगातार आइरहेका यी पराकम्पहरुका कारण ठूलो भूकम्प आउने जोखिम बढेको भन्दै विशेष सावधानी अपनाउन JMA ले सचेत गराएको छ।
