• Friday 16th of October 2026

च्यासलमा नेताहरूको आसन परिवर्तन, ओली, ईश्वर र शंकर एउटै लहरमा


  • धनकुटा खबर
  • .

काठमाडौँ । आसन्न ११औँ महाधिवेशनको अघिल्लो दिन बसेको नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकमा नेताहरूको आसन परिवर्तन भएको छ ।

यसअघिका बैठकमा भन्दा फरक ढङ्गले नेताहरूको सोफा मिलाएर बैठक राखिएको छ । ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल बस्ने सोफा एउटै लहरमा राखिएको छ ।

यसअघि ओली बस्ने ठाउँमा अरूलाई आसनको व्यवस्था हुँदैनथियो । तर, यसपटक एमालेले नेताहरूको आसन नै परिवर्तन गराएर फरक सन्देश दिएको छ ।

तीन नेताको दायाँबायाँ उपाध्यक्ष र उपमहासचिव र सचिवहरूलाई बस्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖