• Friday 16th of October 2026

राजसंस्थाबारे राजेन्द्र लिङदेन र ज्ञानेन्द्र शाहीबीच लफडा !


  • धनकुटा खबर
  • .

राजसंस्था कसरी फर्काउने भन्ने विषयमा उग्र राजावादी ज्ञानेन्द्र शाही र राजेन्द्र लिङदेनबीच लफडा सुरु भएको छ ।

गणतन्त्रवादी र कम्युनिस्ट हुँदै उग्र राजावादी बनेका ज्ञानेन्द्र शाहीले पछिल्लो समय निरन्तर राजसंस्था र हिन्दुराष्ट्रबारे जनमत संङ्ग्रह गर्नुपर्ने माग गरिरहेका छन् ।

तर राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले भने राजसंस्था र हिन्दुराष्ट्रबारे जनमत संङ्ग्रह नभएर सहमतिबाट निर्णय गर्नुपर्ने बताएका छन् ।

ज्ञानेन्द्रले आगामि फागुन २१ गते हुने निर्वाचनमै जनमत सङ्ग्रह गरेर राजसंस्था र हिन्दुराष्ट्र फर्काउनेबारे जनतालाई अधिकार दिनुपर्ने बताएका छन् । तर राजेन्द्रले राजसंस्थाबारे अल्पमत र बहुमतबाट निर्णय गरे त्यसले देशमा झनै ठूलो संकट निम्त्याउने खतरा रहेको बताएका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖