• Friday 16th of October 2026

भिजिट भिसा प्रकरण : तीर्थराज भट्टराईलाई २५ लाख धरौटीमा रिहा गर्न आदेश


  • धनकुटा खबर
  • .

काठमाडौं । भिजिट भिसा प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख एवं सहसचिव तीर्थराज भट्टराईलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

आज विशेष अदालत काठमाडौँले भट्टराईलाई २५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

न्यायाधीश डिल्लीरत्न श्रेष्ठले उनलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने राय दिएका थिए भने बहुमत न्यायाधीशले २५ लाख धरौटी माग गर्नुपर्ने राय दिएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖