• Friday 16th of October 2026

ओलीले १२ बजे महाधिवेशनको उद्घाटन गर्ने, १६ वटा दल अतिथि, देउवा र प्रचण्ड आउलान् ?


  • धनकुटा खबर
  • .

काठमाडौं, मंसिर २७ । नेकपा (एमाले)को १० औं राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदैछ । दिउँसो १२ बजे भक्तपुरको सल्लाघारीमा अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार दिउँसो १२ बजे अध्यक्ष ओलीले भक्तपुरको सल्लाघारीमा आयोजना गरिने उद्घाटन सभालाई सम्बोधन गर्नेछन् । उद्घाटन सभामा तीन लाख जनताको सहभागीता हुने एमालेले जनाएको छ ।

‘‘११ औं महाधिवेशनलाई भब्य बनाउनका लागि देशैभरीबट ठुलो सङ्ख्यामा कार्यकर्ताहरु उपस्थित हुने क्रम जारी छ’’ गौतमले भने, ‘‘बागमती, मधेश र गण्डकी प्रदेशका प्रत्येवक वडा वडाबाट कार्यकर्ता आउछन् । अन्य प्रदेशबाट ठुलो सङ्ख्यामा कार्यकर्ताहरु आउछन् ।’’

कार्यक्रमको उद्घाटन अध्यक्ष ओलीले प्रविधिको प्रयोगबाट विशेष तरिकाले गर्ने उनको भनाई छ । उद्घाटन सम्बोधनमा अध्यक्ष ओलीले हालको विषम राजनीतिक परिस्थिति र यसको निकासका बारेमा एमाले कार्यकर्ता र आम जनतालाई स्पष्ट पार्ने तयारी छ । उद्घाटन सत्रमा नेपाली कांग्रेस लगायत १६ वटा दललाई अतिथिको रुपमा निमन्त्रणा गरिएको छ ।

उद्घाटन सत्रमा सहभागी हुन जान विभिन्न रुटहरु तयारी गरिएको छ । कार्यक्रम स्थलभन्दा पश्चिमतिरबाट जान गठाघरसम्म मात्र सवारी साधान लैजान पाउने छन् । ति सवारी साधनहरु सानोठिमीस्थित खुला चौरमा पार्किङको व्यवस्था गरिएको छ । यसैगरी पूर्वबाट आउने सवारी साधानहरु जगातीमा पार्किङ गरिने छ ।

गठाघर र जगातीबाट सहभागीहरु जुलुससहित कार्यक्रम स्थलतर्फ आउनेछन् । नगरकोट क्षेत्रबाट आउनेहरुलाई सल्लाघारीको उत्तरतिरको क्षेत्रमा पार्किङ गर्न भनिएको छ । भक्तपुरका सबै वडाबाट जुलुससहित सहभागीहरु कार्यक्रम स्थलतर्फ आउनेछन् ।

महाधिवेशनमा २२ सय ६२ जना प्रतिनिधि निर्वाचित भएका छन् । उद्घाटन सत्र सकिएपछि भोली बिहानदेखि भृकुटी मण्डपमा बन्द सत्र सुरु हुने छ । यसअघि एमालेको १० औं महाधिवेशन चितवनको सौराहामा २०७८ सालमा भएको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖