• Friday 16th of October 2026

एमाले महाधिवेशन : मनोनीत प्रतिनिधिको सूचीमा ईश्वर पोखरेलको असहमति


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनोनीत प्रतिनिधिहरूमा आफ्नो असहमति राखेका छन् ।

शुक्रबार बसेको पार्टी सचिवालय बैठकले १ सय ८ जना प्रतिनिधिहरू मनोनीत गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार, शनिबार उद्घाटन सत्र सुरु हुनुअघि प्रकाशित नामावलीमा पोखरेलले आपत्ति जनाएका हुन् ।

नेताहरूका अनुसार, अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष पोखरेल दुवैले छलफलपछिमात्रै प्रतिनिधि सार्वजनिक गर्ने बताइएको थियो ।

सोही अनुसार, दुई नेताबीच शनिबार बिहान छलफलपछि टुंगो लगाउने कुराकानी पनि भएको थियो । यद्यपि, एकलौटी सूची प्रकाशित गरिएको भन्दै पोखरेलले आपत्ति जनाएका हुन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖