• Friday 16th of October 2026

ओलीको कडा चेतावनी : एक्लै बहुमत ल्याउने ताकत एमालेसँग छ, चुनावबाट भाग्दैनौं


  • धनकुटा खबर
  • .

काठमाडौं, २७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार चुनावको वातावरण बनाउन पूर्ण रूपमा असफल भएको आरोप लगाएका छन्। उनले बहुमत ल्याउने ल्याकत राख्ने एमाले चुनावबाट कहिल्यै नभाग्ने स्पष्ट सन्देश दिएका छन्।

पार्टीको ११ औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले वर्तमान सरकारले संवादको बाटो छाडेर राजनीतिक दलहरूमाथि निषेध र दमनको नीति अपनाएको बताए।

उनले सरकारको भूमिकामाथि प्रश्न उठाउँदै भने,
‘चुनावको जिम्मेवारी पाएको सरकारले संवादको सट्टा निषेध, घृणा, मिडिया ट्रायल, राजनीतिक दल विरोधी षड्यन्त्र गरिरहेको छ। बहसको सट्टा मुद्दा, नेताको राहदानी रोक्का र स्थान हदजस्ता काम गरेर चुनावको वातावरण बनाइन्छ र ?’

ओलीले जनताले डर, दबाब र प्रतिशोधबाट मुक्त लोकतान्त्रिक निर्वाचन चाहेको स्पष्ट पारे।

उनले जोड दिँदै भने,
‘डर, दबाब र प्रतिशोधको छायाबाट मुक्त चुनाव भयो भने एक्लै बहुमत ल्याउने ल्याकत राख्ने एमाले चुनावबाट भाग्छ भन्ने नसोचे हुन्छ।’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖