प्रचण्डले कुलमान घिसिङलाई चेतावनी दिदै भने,‘अहिले कुलमानले गुन बिर्सिएर जुन थालमा खाए, त्यही थालमा छेद हाल्न खोज्याछन्।
तिनले त्यसो नगरून् भन्न चाहन्छु। कुलमानको बुद्धि फिरोस्।’आफू प्रधानमन्त्री हुँदा नेपाल विद्युत् प्राधिकरणमा नियुक्ति गरेको र लोडसेडिङ हटाउन सम्भव भएको तर कुलमानले त्यो कुरा बिर्सिएको प्रचण्डको टिप्पणी छ।
प्रचण्डले थपे,‘प्रधानमन्त्रीको हैसियतले मैले टिपेर ल्याएँ-यो मान्छे राम्रो छ भनेर। उनले पहिला–पहिला भनेको पनि हो, फेरि प्रचण्डले हो मलाई बनाएको भनेर। कुरा बिर्सिएर अहिले लाज मर्नु।
म योभन्दा बढी भन्दिनँ, बिचरा।’
