• Friday 16th of October 2026

युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले लिए सक्रिय राजनीतिबाट विदा


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेका उपाध्यक्षद्धय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले अब सक्रिय राजनीति नगर्ने घोषणा गरेका छन् ।

दुवै नेताले ७० वर्षे उमेर हदको वकालत गर्दै केन्द्रीय कमिटीको आजको अन्तिम बैठकमा यो महाधिवेशनमा कुनै पदमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन् ।

दुवै नेताले उमेर हदमा फर्किन र अध्यक्ष केपी शर्मा ओली पनि विदा हुन आग्रह गर्दै आएका थिए ।

यो महाधिवेशनमा कुनै पदमा उम्मेदवार नबन्ने घोषणा गरेका ज्ञवाली र शाक्यले पार्टीमा भने आफ्नो अनुभवका आधारमा सक्रिय रहने बताएका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖