• Friday 16th of October 2026

ओलीलाई मिस पबीसँग टिकटक बनाउन रहर लागेपछि…


  • धनकुटा खबर
  • .

काठमाडौं, २८ मंसिर । कलाकार मिस पबीले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटक बनाउनका लागि बोलाएपछि आफू गएको बताएकी छन् ।

प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै कलाकार पबीले ओलीसँग टिकटक बनाउनका लागि तत्कालीन समयमा बालुवाटार गएको नभई बरु ओलीले चाहिँ आफूसँग टिकटक बनाउने इच्छा जाहेर गरेपछि बालुवाटार गएको बताएकी हुन् ।

‘म कहिल्यै पनि उहाँसँग टिकटक बनाउन गएको छैन । उहाँले चाहिँ मसँग टिकटक बनाउन बोलाएको हो । यो कुरा चाहिँ म क्लियर गर्दिन्छु । उहाँसँग भेटेर नै म भन्दिन्छु– उहाँसँग टिकटक बनाउन म बालुवाटार गएको होइन, उहाँले मसँग टिकटक बनाउन बोलाउनु भएको हो । उहाँले आफ्नै क्यामेराबाट टिकटक बनाउनुभयो । मैले बनाएको छैन,’– उनले भनिन् ।

साथै, मिस पबीले आफू कुनै पनि पोलिटिकल पार्टीमा संलग्न नरहेको र कुनै नेता पनि मन नपर्ने बताईन् । उनले भनिन्, ‘म कुनै पनि पार्टीको होइन । कुनै पनि पोलिटिकल पार्टीमा छैन । मलाई कुनै नेता पनि मन पर्दैन ।’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖