• Friday 16th of October 2026

कांग्रेस नेता चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर


  • धनकुटा खबर
  • .

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेता चालिसेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

नेता चालिसे विघटित प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति सभापति हुन् । अख्तियारले चालिसेविरुद्ध करिब ४ करोड बिगो दाबी गरेको बताइएको छ ।

अकुत सम्पत्ति आर्जन गरेको आरोपमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । चालिसे यसअघि गोकर्णेश्वर नगरपालिकाका प्रमुख थिए । २०७९ को निर्वाचनमा उनी काठमाडौं–३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖